काठमाडौं । काठमाडौंको नागढुंगाबाट बरामद दुई किलो सुन प्रकरणमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं सोह्रखुट्टे बस्ने चिनियाँ २७ वर्षका चेन झिवेइ पक्राउ गरेको हो ।
शुक्रबार उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट सुन बरामद गरेको थियो । सुनसहित तीनजनालाई पक्राउ परेका थिए ।



यसअघि प्रहरीले रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेको हो ।
Views: 356

























