२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुर प्रहरीद्वारा शिवशिखर सहकारीका चार पदाधिकारी पक्राउ

महेन्द्रनगर – कञ्चनपुरमा शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थामा वचतकर्ताको वचत हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

सो सहकारीका महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचतकर्ताबाट रकम उठाएर ठगी गरेको आरोपमा संस्थाका पदाधिकारीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त सहकारीका पदाधिकारी गिता शर्मा, केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारीलाई पक्राउ गरिएको हो । कञ्चनपुरमा सो सहकारीले हालसम्म ३१ करोड ९७ लाख रुपैयाँ वचत हिनामिना गरेको उजुरी प्रहरीकहाँ परेको छ ।

कूल ३ हजार ६ सय ७१ वचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा जाहेरी पेश गरेका छन् । ती जाहेरीको आधारमा चारै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।