२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

वडा स्तरमै योजना सम्झौता गर्दै नवदुर्गा गाउँपालिका

डडेल्धुराः पछिललो समयमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाले वडा स्तरमै योजना समझौता गर्न लागेकोछ । वडामा सञ्चालन हुने योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयमै गर्न सकिने व्यवस्था पालिकाले मिलाएकोछ ।

यो प्रावधान सँगै सम्झौता गर्न उपभोक्ता समितिले गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता हटेको छ।

‘वडास्तरीय योजनाहरूको सम्झौता सम्बन्धी शिविर’ नै चलाएको छ। गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले चालू आर्थिक वर्षमा कार्यान्वयन हुने विकास योजना वडामै गएर सम्झौता गर्ने लक्ष्य अनुरूप शिविर सञ्चालन गरिएको बताए।

सो कार्यक्रम अन्र्तगत आईतबार वडा नम्बर ४ मा ३० योजना सम्झैता भएको वडा अध्यक्ष पदम बिष्टले बताए । वडा र पालिका अन्र्तगतका सबै योजना वडामै सम्झैता गरिएको बिष्टले बताए ।

सबै वडामा सहज यातायातका साधनको पहुँच नहुँदा उपभोक्ता दुई देखि तीन घण्टा हिँडेरै गाउँपालिका सम्म पुगेर योजना सम्झौता गर्नुपर्ने बाध्यतामा थिए। कम रकम विनियोजन भएका योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उदेश्यसहित यो कार्य थालिएको गाउँपालिका उपाध्यक्ष तथा योजना तर्जुमा समिति संयोजक निर्मला बिष्ट बोगटीले बताइन् ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।