२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कृष्णपुर २ मा “प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता”हुने

कञ्चनपुरः कृष्णपुर नगरपालिकामा “प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता” सञ्चालन हुने भएको छ । वडा नम्बर २ ले आयोजना गरेको फुटबल प्रतियोगिता यही मंसिर ३० गते बाट मछेली खेलमैदानमा सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७५ हजार,प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ४१ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार समेत रहेको छ । वडाका युवाहरुलाई खेलकुदको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय राख्दै खेलाडीहरुको हौसला र प्रोत्साहनका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष अर्जुन साउँदले बताए ।

वडाध्यक्ष साउँदले निरन्तर खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताए । प्रतियोगितामा कृष्णपुरका ९ वटै वडाको सहभागिता रहने छ । छिमेकी पालिकाका वडाले पनि सहभागिता रहने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।