काठमाडौं- मुलुकभर आज ६३४ जनालाई कोरोना संक्रमित थपिएका छन् ।
जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।



योसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ५१९ पीसीआर परीक्षण भएका छन् ।
२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १३६ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ६ सय ५८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १२ हजार ६२१ जना रहेको छ ।
Views: 213


















