दिपकराज भट्ट / डडेल्धुरा – समाजमा अहिले पनि महिला हिंसा, जातिय भेदभाव,छुवाछूत का घटना दिनहु जसाे सुनिरहेकै पाईन्छ । जसकाे सिकार महिला नै बढि भएकाे पाईन्छ । सुदुर पहाडमा त झन महिला लाई चुलाेचाैकाे मै सिमित भएकाे पाईन्छ ।
सुदुरपहाडकाे डडेल्धुरा जिल्ला भागेश्वर गाउपालिका ४ ( साबिक काे बगरकाेट गा.बि.स४ डुगरि) वि.सं २०४६वैशाख ७ गतेका दिन जन्मिनु भएकि काैशिला भट्ट राजनितिक यात्रा विद्यार्थी जीवन बाटै सुरु भएकाे हाे उनी सानै देखि समाजसेवा भवानाकि थिईन ।
उहाले प्राथमिक तहकाे पढाइ गाउँ नजिककैकाे श्री भुवनेश्वरि प्राथमिक बिद्यालय श्रीकोट , डुगरि मा गर्नु भाे , त्यसपछिकाे पढाइ यात्रा मा. वि तहकाे सरस्वति मा. वि. बगरकाेटमा भयाे उहाले एस.एल.िस पास बगरकाेट बाटै गरिन । उहाकाे चासाे राजनिति मात्र हाेईन पढाइ पनि थियाे । उहाँ सानै देखि अाफुले जानेका कुरा गाउका साथि भाइ सबैलाई सिकाउने गर्थिन ।
उहाँ गाउमा हुदा पानी नुहाला सफा गर्ने , सबैलाई लगेर बाटाे सफा गर्ने काममा खुबै चासाे राख्थिन । उहाँ उच्च शिक्षाकाे लागि डडेल्धुरा अाउनु भयाे । उहाकमे डडेल्धुरा काे सरकारि स्तरकाे महेन्द्र माध्यमिक बिधालय खलंगा डडेल्धुरा भर्ना मा गर्नु भाे ।
पढाइ संगै राजनितिमा जाेडिएकाे त्याे दिन उनका लागि निकै खुसिकाे दिन थियाे । उहाँ वि. सं २०६० सालमा नेपाल विद्यार्थी संघ डडेल्धुरा काे सह – सचिवमा नियुक्त हुनु भयाे उहाकाे चाैध बर्सेकाे कलिलाे उमेरमै याे राजनितिक यात्रा सुरु भए संगै उहाकाे जिवनकाे राजनितिकाे ढाेका पनि खुला भयाे । उहाकाे साेच नै थियाे कि” म समाजका लागि हु ” मैले समाजका लागि केही गर्नु पर्छ ।
बाेल्न निडर भएकि उनी सधै सत्यकाे पछि लाग्ने,दाेसिलाई कारवाहि गराउनु पर्ने मागमा अडिक रहनुहुन्थ्याे । भनिन्छ नि ! ” हुने विरुवाकाे चिल्लाे पात ” ।
हाे उहाँ पनि त्यस्तै हाे सानाे उमेर देखि नै सामाजिक कममा बढि चासाे राख्ने भट्ट जिल्ला सह- सचिव हुँदै पढाइ का लागि काठमाडौं जानू भयाे उहाले पद्मकन्या कजेल काठमाण्डौमा पढाइ सुरु गर्नु भो उहाँ २०६५ सालमा ने.वि.संघकाे क्याम्पस ईकाइ अध्यक्ष मा नियुक्त हुनु भयाे ।
जुन उहाकाे लागि दोश्रो सफलता थियाे । उहाँ काे राजनितीक यात्रा निरन्तर चलिरह्याे त्यसपहि उनी २०७३ मा ने.वि.संघ. निवार्चित सदस्य हुनु भयाे ।
नेपाली काङ्ग्रेस को १२,१३ अौ महाधिवेशन मा महाधिवेशन प्रतिनिधि हुनुभयाे । उहाकाे याे यात्रा पछि उहाँ विद्यार्थी राजनिति संगै २०७४ काे स्थानीय चुनावमा नेपाली काङ्ग्रेसकाे भागेश्वर गाउपालिका का लागि टिकट पायाे र उहाँ विजयी हुनु भयाे ।
उहाले अहिले भागेश्वर गाउपालिकाकाे अध्यक्ष पदमा रहेर काम गरिरहनु भएकाे छ । उहाले महिला कमजाेर हुन भन्ने साेचकाे पराकाष्ठा गरेर देखाउनु भयाे महिला लाई अवसर दिए जे पनि गर्ने अाट र क्षमता हुन्छ भन्ने अात्मा विश्वास सबै लाई दिनुभयाे ।
उहाँ विजयि भईसके पछि पनि उहाले महिला लाई नै बढि फाेकस गर्नु भाे समाजमा रहेकाे छुवाछूत भेदभाव न्युनिकरणका लागि विभिन्न याेजनाहरु ल्याउनुभयाे ।
उहाले किशाेरिकाे समस्या लाई मध्यनजर मा राखि माध्यमिक विधालयमा निशुल्क सेनेटरि प्याड दिने व्यवस्थापन समेत गरिरहनु भएकाे छ । महिला सक्ष्यमताका लागि अाफु कहिलै पछि नहटने उनकाे भनाइ छ ।
उहा अहिले पद्मकन्या क्याम्पस बागबजार काठमाण्डौंमा ग्रामीण विकास संकायमा मास्टर्स र नेपाल ल क्याम्पस काठमाण्डाैमा कानुन संकायमा पनि पढाइ गरिरहनु भएकाे छ । उहाँ भन्नुहुन्छ मेराे यहा सम्म यात्राकाे प्रेरणा अामाबुबा , डा. अारजु राणा देउवा र मेराे समाज नै हाे ।