२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

भागेश्वर गाउँपालिकाका उतकृष्ट ५ स्वयमसेविका सम्मानित

डडेल्धुरा(दिपकराज भट्ट)- आज डडेल्धुरा लगायत देशभर नै विभिन्न कार्यक्रम गरि स्वयसेवक दिवस मनाईएकोछ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले पनि आज स्वयमसेवक दिवस मनाएकोछ । पालिकाले दिवसका अवसरमा हरेक वडा बाट एक एक उतकृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु लाई छनौट गरि सम्मान गरेको हो । पाँच वडा रहेको भागेश्वर गाउँपालिकाका १ र २ नंम्बर वडा भौगोगिक हिसावले विकट मानिन्छन् ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुको मनोवल उच्च पार्नका लागि पालिकाले सम्मान गरेको हो । पालिकाले जनहि नगद २ हजार सहित सम्मान गरेको हो । सम्मान पाउनेमा वडा नंम्बर १ का डम्बरु ठकुराठी ,२ कौशिला मडै ३ का लक्ष्मी खड्का , ४ का सारदा ठकुराठी र ५ का सिता नाथ रहेका छन् ।

कार्यक्रममा बोल्दै समानित हुन भएका महिला स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्काले भनिन्ः
अहिले हामीले गर्ने प्रयास गरेकै छौ , विभिन्न चुनौतीका बावजुत पनि हामीले दिने सेवा निरन्तर दिदै आएका छौ । हामीले मगर्वपति महिलाहरुको स्वास्थ्य परिक्षण, बालबालिकाको स्वास्थ्य परिषण , खोपका कुरामा हामीले निरनतरता राखेका छौ , उनेले ताजा घटना सुनाउदै भनिन हिजो मात्रै हामीले सुतकेरि व्यथा लागेकि महिलालाई स्वास्थ्य चौकि सम्म पुगाउनुका लागि गाउँमा मानिस नै पाएनौ हामीले विद्यालयमा गएर विद्यालय सँग सहयोग मागौ र स्वास्थ्य चौकि सम्म पुगायौ । अहिले हाम्रो प्रयासले आमा र बच्चा सुरषित रहेका छन् । हामी विभिन्न समस्याका कावजुत पनि काम गरिरहेकै छौ । पालिकाको ऐमबुलेन्स भनेको समयमा नपाउने , आवश्यक सामग्रीहरु नपाउने समस्या त हामी सँग छदैछ ।

कार्यक्रममा बोल्दै समानित हुन भएका महिला स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्का
कार्यक्रममा बोल्दै समानित हुन भएका महिला स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्का

कार्यक्रममा बोल्दै भागेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा  प्रमुख मान बहादुर शाहुले भने ः तपाईहरुको योगदानको कदर गरि हामीले उतकृष्ट एक जना लाई एक वडा बाट सम्मानित गरेका हौ । हामीले तपाईकै सहयोगले गर्दा हामीले पालिका लाई पुर्ण खोपमुक्त पालिका, खुल्ला दिशामुक्त पालिका अब हामीले पालिका लाई पुर्ण पोषण मैत्री पालिका तर्फ गईरहेका छौ यसमा तपाई सहयोग निरन्तर रहनेछ । बाल मृत्युदर जस्ता घटनाहरु तपाईको सयुक्त सहकार्यमा कम गर्नेछौ ।
स्वास्थ्यको दिगो बिकासका लागि समुदायको सहभागिता हुनु जरुरि हुन्छ । मैले स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर पाएकाले समुदायमा विभिन्न भाषाले फरक पार्ने भएकाले स्थानीय स्तरमै स्थानीय नागरिकले स्वयसेविको धारण आएको अनुभव सुनाए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती रहनु भएका खगेन्द्र भारतीले भन्नुभयोः महिला स्वयमसेविकाहरुका कारणले नै स्वास्थ्यको दिगो योजना सफल हुदैँ गएको हो । यहि अनुसार समुदायमा महिला स्वास्थ्य स्वयमसेविकाहरु राखिएको हो ।नेपालको स्वास्थ्य क्षेत्रको छविमा स्वयमसेविकाको महत्वपुर्ण भुमिका रहेकाछ । पहिलेको तुलनामा अहिले जटिल घटनाहरुमा कमी हुदैँ आएकोछ । यस्ता घटनाहरुमा कमी ल्याउनुमा स्वयमसेविकाको अहम योगदान रहेकाछ ।
उनले थपे पछिल्लो समयमा नसर्ने रोगहरुले मानिस लाई सताई रहेकोछ । यो सम्बन्धि जानकारि दिनु जरुरि रहेकोछ ।
पछिललो समयमा विकासका पुर्वाधारहरुमा बृद्धि हुदै गएपनि ग्रामिण भेगमा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविकाहरु लाई पारिश्रमिक नहँदा उनीहरुको मनोवल केहि हद सम्म घटदै गएकोछ । उनीहरु लाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्ने हो भने ग्रामिण स्तरको स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन आउने थियो कि ?

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।