काठमाडौं । आज विश्व माटो दिवस मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर ५ का दिन यो दिवस मनाइन्छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
स्वस्थ माटोको महत्त्वमा ध्यान केन्द्रित गर्न र माटो स्रोतहरूको दिगो व्यवस्थापनको लागि वकालत गर्ने माध्यमको रूपमा हरेक वर्ष विश्व माटो दिवस मनाइन्छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ को अवसरमा मंसिर १६ गतेदेखि विभिन्न कार्यक्रम गरिरहेको छ ।
दशौँ माटो दिवसको अवसरमा विभिन्न जिल्लाबाट ३ हजार ४७५ वटा माटोको नमुना सङ्कलन गरिएको छ। तीमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ किसानलाई सम्मान गरिनेछ ।
Views: 618




























