काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे छ । जिल्ला अदालत काठमाडौंले विप्लवसहित चारजना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे । २०७६ असोज ९मा दायर भएको राज्यविरुद्धको कसुर मुद्दामा २०८० साल मङ्सिर १०को आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।
जिल्ला अदालत काठमाडौंले विप्लवसहित पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीलाई अदालतमा उपस्थित हुनका लागि अनुराेध गरेकाे छ ।

Views: 510




























