२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

ओम प्रकाश पन्तको संर्घर्षको कथा

                                      डडेल्धुराका ओमप्रकाशको संघर्ष, जो स्वयंसेवीबाट अन्तर्राष्ट्रिय प्रशिक्षक बने

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका–६ मा एउटा सुन्दर गाउँ छ । उचाईमा रहेको डाँडामा लहरै बनेका पुरानो शैलीका घरले उक्त गाउँ रेलको डब्बा जस्तै देखिन्छ । गाउँको नाम हो, कानाकोट । सोही गाउँमा २०४५ साल माघ ८ गते जन्म भयो ओमप्रकाश पन्तको । उनी बाल्यकालदेखि नै खेलमा निकै रुची राख्थे ।

देवल माविमा एसएलसी उत्तिर्ण गर्नुअघि उनले विद्यालयमा आयोजना हुने थुप्रै खेलकुदका प्रतियोगितामा सहभागिता पनि जनाए । तर, त्यो समयसम्म कुन खेललाई बढी प्राथमिकतामा राख्ने भन्न्ने छुट्याउन भने सकेका थिएनन् पन्तले ।

०६२ सालमा एसएलसी उत्तिर्ण गरेपछि पन्त उच्च शिक्षाका लागि डडेल्धुरा सदरमुकाम आए । सोही समयमा पन्तको नजर जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षक विरेन्द्रबहादुर चन्दले कराते सिकाइरहेका दृश्यमा प¥यो । अनी पन्तले पनि कराते सिक्ने सोच बनाए । चन्दकै प्रशिक्षणमा पन्त मार्सल आर्ट अन्तर्गतको कराते खेलको थर्ड डाँन ब्ल्याकबेल्ट भए । पन्त सिक्दै गर्दा उनको करातेप्रतिको लगनले धेरैलाई अचम्मित बनाउथ्यो ।

पन्तको जनमथलो कनाकोट
पन्तको जनमथलो कनाकोट

२०६३ सालमा धनगढीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भयो । प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने खेलाडी थिए पन्त पनि । त्यसको दुई वर्षपछि पाचौँ राष्ट्रिय खेलकुदको तयारी भइरहेको थियो । सुरुवातमा सुदूरपश्चिममै गर्ने भनिए पनि भौतिक संरचना पूर्ण रूपले निर्माण भइनसकेको हुदाँ अन्ततः पाँचौ राष्ट्रिय खेलकुद काठमाडौँमा सञ्चालन भयो ।

उक्त प्रतियोगिताअन्तर्गत कराते खेलमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने मौका पाए पन्तले पनि । उनी भन्छन्, ‘पाचौँ राष्ट्रिय खेलकुदमा सहभागिता त जनाउन पाए तर सोचेअनुसार नतिजा भने आउन सकेन ।’

त्यसको तीन वर्षपछि २०६८ फागुन १४ गतेदेखि सुदूरपश्चिममै सुरु भयो छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता । घरेलु मैदानमा भएको प्रतियोगितामा खेलाडीका रुपमा एकपटक फेरि सहभागिता जनाउने मौका पाए पन्तले । तर छैटौँ राष्ट्रिय खेलकुदमा पनि सोचेअनुसारको प्रदर्शन भने गर्न नसकेको अनुभव सुनाउँछन् पन्त । ‘त्यसपछि खेल्न छोडेर प्रशिक्षणतर्फ लाग्ने योजना बनाए,’ पन्त भन्छन्, ‘छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको केही समयमै भोलिन्टर ९स्वयंसेवी०का रुपमा प्रशिक्षण सुरु गरे ।’

डडेल्धुराका ओमप्रकाशको संघर्ष, जो स्वयंसेवीबाट अन्तर्राष्ट्रिय प्रशिक्षक बने
                                                                 डडेल्धुराका ओमप्रकाशको संघर्ष, जो स्वयंसेवीबाट अन्तर्राष्ट्रिय प्रशिक्षक बने

 

उनले प्रशिक्षण सुरु गरेको झण्डै ८ वर्षपछि २०७६ सालामा अजयमेरु गाउँपालिकाकाले पन्तलाई खेलकुद प्रशिक्षकका रुपमा नियुक्त ग¥यो । ‘अजयमेरुको मुख्य प्रशिक्षक भएपछि विभिन्न विद्यालयमा गएर विद्यार्थीलाई प्रशिक्षण दिन सुरु गरेको थिए,’ उनी भन्छन्, ‘एसियन कराते फेडेरेशनले गर्ने अन्तर्राष्ट्रिय प्रशिक्षणको छनोटमा पनि परेको थिए । प्रशिक्षण पाएपछि फेडेरेशनले लिएको प्रशिक्षकको परीक्षा पास गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षक बनेको छु ।’

योसंगै अन्तर्राष्ट्रिय स्तरका खेलको प्रशिक्षक हुन पाउने भएका छन् पन्त । पन्तको यो सफलताबाट सिंगो अजयमेरु गाउँपालिका मात्रै नभएर डडेल्धुरा जिल्ला नै दंग छ । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकाकै सान बढाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेको छन् ।
पश्चिम एक्सप्रेस

सुचना
सुचना 

 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।