पछिल्लो समयमा धेरैनै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारीको आधुनिक गीत `दुई नाउमा पाउ लायौ´ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक छ ।
नवराज शर्माको शब्द र सि.डि विजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारीलाई अभिनयमा देख्न सकिन्छ ।
दुई प्रेमि बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ ।
Views: 50