डडेल्धुराः भागेश्वर गाउँपालिका ५ मा रहेको सारदा मावि.सिराडमा सामाजिक सचेतनाका लागि गायन कार्यक्रम गरिएकोछ । आज विद्यालयमा लुनिभा बालसरोकोर डडेलधुराको सहयोग र विद्यालयको आयोजनामा कार्यक्रम गरिएको शिक्षक रमेश भण्डारिले जानकारि दिनुभयो । जातीय भेदभाव र छाउपडी प्रथा उन्मूलन सम्बन्धि जनचेतनामुलक गीत गायन कार्यक्रम आज सम्पन्न भएकोछ ।
कार्यकममा सभापति बाल क्लब अध्यक्ष ईश्वरी जैशी,प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिती अध्यक्ष रतन सिंह चाड रहेका थिए ।
कार्यक्रममा प्रथम हेमराज ओझा, द्धितिय हिमा थापामगर र तृतीय स्थान निर्मला जैशी स्थान हासिल गरेका थिए । कार्यक्रममा उतकृष्ट छ जना लाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।




Views: 297

























