२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

डडेल्धुराको आलितालमा वन फडानी बढ्दै

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ८ मा निर्माण भइरहेको डोला चक्रपथमा व्यापक वन फडानी भएको छ। आलिताल गाउँपालिका अन्तर्गतको गोदाम बजारदेखि डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरू काटिएका हुन्आ। आलिताल गाउँपालिकाको समपूरक कोषअन्तर्गत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरू वन कार्यालयको अनुमतिबिना कटानी गरी गोलिया बनाएर लुकाइराखेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डवलबहादुर बोहराले जानकारी दिए।

शुक्रबार बेलुकासम्म ११० थान गोलिया बरामद गरिएको र बाँकी खोजी भइरहेको वन कार्यालयले जनाएको छ। रजनी सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त गोलिया बरामद गरिएको बोहराले बताए। उक्त क्षेत्रमा दुई हजार क्युफिटभन्दा बढी काठ काटिएको हुनसक्ने आशंका गरिएको छ।  

डिभिजन वन कार्यालयको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाइ रहेका एकजना र सोही वनका अध्यक्षलाई नियन्त्रणमा लिएको र शनिबारदेखि अनुसन्धान प्रक्रिया अगाडि बढाउने डिभिजन वन कार्यालयले जनाएको छ।

सडक निर्माणका क्रममा अवैध रुपमा वन फडानी गर्नेमाथि अनुसन्धान थालिएको र दोषीमाथि कारवाही गरिने डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए।

सडक निर्माणका क्रममा काठ काटिएको विषयमा ढिलागरी बिहीबार मात्रै कार्यालयमा जानकारी भएपछि टोली घटना स्थल पठाएको र वन फडानी गरिएको पाइएको थियो। शुक्रबार जिल्लाको टोलीसमेत घटनास्थलमा पुगेको उनले जानकारी दिए।

सडक निर्माण कम्पनीलाई समेत अनुसन्धानको दायरामा ल्याउने वन कार्यालयले जनाएको छ।

थाहा खबरबाट

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।