डडेल्धुराः डेल्धुराको भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर धुरामा मंसिर ११ गते जाँत सम्पन्न भएकोछ ।
जाँतमा डडेलधुरा लगायत सुरपश्चिमका नौ वटै जिल्ला र छिमेकि मुलुक भारत बाट समेत दर्शर्थीहरु आएको पुजारि तिलक चटौतले जानकारि दिएका छन् । जाँतमा समाजसेवी विनय प्रकाश मल्लको सहयोग तथा डडेल्धुरा युवा मञ्च भागेश्वर र जय बाबा घटाल क्लवको सहकार्यमा निशुल्क चियापान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोज दिपक राज भट्टले बताएका छन् । मेलामा आएका दर्शनार्थीहरु टिमले निशुल्क चियापान गराएको यस्तै सुरक्षाकर्मि, भजनकृतन मण्डलका सदस्यहरु लाई समेत निशुल्क चियापान गराईएको भट्टको भनाईछ । करिब १ हजार कप निशुल्क वितरण गरेको आयोजकले जनाएकोछ ।




Views: 858

























