डडेल्धुरा(डिआर भट्ट) –डडेल्धुराको भागेश्वर गाउँपालिकाले पालिकाभित्रका ५ जना उद्यमीहरुलाई नगद सहित पालिकाले सम्मान गरेको छ । नवौं उद्योग दिवसको अवसरमा पालिकाले प्रत्येक वडाबाट एक÷एक जना गरेर पाँच जना उद्यमीलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।



‘स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान ’भन्ने नारासहित दिवसको अवसरमा पाँच जनालाई सम्मान गरिएको हो । शनिबार एक कार्यक्रमकाबीच उद्यमीहरुलाई गाउँपालिका अध्यक्ष हेमराज चटौतले प्रतिव्यक्ति दुई हजार नगदसहित सम्मान पत्र प्रदान गरे ।
दिवसको अवसरमा सम्मानित हुनेमा वडा नं १ को पोलेक अल्लो प्रशोधन साझा सुविधा केन्द्रका उद्यमी करिश्मा थापा मगर, वडा नं २ स्थित बुढामगर सिलाई सेन्टरका सञ्चालक कौशिला बुढामगर, वडा नं ३ स्थित मंगलेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक मानसिंह मडै, वडा नं ४ स्थित अशिग्राम कृषि तथा पशुपालन फर्मका सञ्चालक प्रेम नाथ र वडा नं ५ स्थित करिना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक टेकसिंह चाड रहेका छन् ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । स्वदेशी उत्पादन गाउँपालिका भरी पुर्याउने पालिकाको लक्ष्य रहेको उनले बताए ।

उद्यमीहरुलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष चटौतले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै उद्यम गरिरहेकाहरुलाई भागेश्वर गाउँपालिकाले आगामी दिनमा समेत सहयोग गर्ने बताए ।
यसरि पालिका बाट हौसला पाउँदा आफुला थप हौसला र आट मिलेको उद्यमी टेक सिंह चाडले बताएका छन् साथै उनले थपे स्वदेशमै उद्यम गर्ने युवाहरु लाई पालिकाबाट प्राविधिक तथा आर्थिक सहयोग हुन सकेका पालिका आत्मानिर्भर हुने र युवाहरुले बिदेश जानु पर्ने बाध्यता हनेछ ।
थानीय स्रोतमा आधारित सिप छनौट गरेर तालिम दिने गरेको । पाचै वडामा २५७ जना पछिललो तीन बर्षमा
लागत साझेदारी मेसिन औजार दिने गरेको । अल्लोका लागि भागेश्वर गाउँपालिकाको वडा नंम्बर १ को दुनालेक वडा नंम्बर २ को दुनालेक, लेकुडा, उक्कलेक, यस्तै वडा नंम्बर ५ को रुपाली गाड,बुर्ष अहिले उद्यमीहरुले कपडाहरु बनाई रहेकखा छन् । वडा नंम्बर ४ मा तरकारी खेती, कागती, रिठा, वडा नंम्बर ५ मा सुन्तला, जुनार,कागती, किवी,दालचिनी ,तरकारीखेती का लागि सम्भावित क्षेत्र रहेको छ । हामीले यी क्षेत्रहरुमा उद्यमीहरु लाई तालिम दिने र सडि मोनी दिने गरेका छौ उद्यम विकास सहजकता पार्वती शाहिले बताउनुभयो ।
पालिकाले यी सम्भावित क्षेत्रहरुमा आवश्यक रणनीती बनाएर काम गर्ने हो भने पालिकामै स्थानीय उतपादनका उतपादन बढनेमा कुनै दुई मत छैन् ।

























