डडेल्धुराः चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत समपन्न भएकोछ ।डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल देवताको मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल द्वादशीको दिन बडाल जात लाग्ने गर्दछ । कार्तिक शुक्ल एकादशीको रातिदेखि द्वादशीको दिनमा जात्रा हुने गरेको गन्यापधुरा गाउँपालिका–२ का अध्यक्ष मनोज देउवाले बताए।



चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन रही आएको छ।

बडाल जाँतको अवसरमा गन्यापधुरा गाउँपालिकाले आज सार्वजनिक बिदा दिइएको थियो । डडेल्धुरालगायत प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु आउने गरेका छन् । मेलामा स्थानीय उत्पादनको बिक्रि समेत हुने गरेकोछ।
मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अरु वर्षझै यो वर्ष पनि जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको , मेला सभ्यभव्य रुपमा सम्पन्न भएको गन्यापधुरा गाउँपालिका–२ का अध्यक्ष देउवाले बताए ।
https://www.facebook.com/khabardarinews/posts/pfbid0j2wRga5w1Kb6wVVNA54wQhTpTzF5L2DWpPkbZHcF1FF1eyTQnBu5vvFcXQHSp519l

























