रेखा साउद /कन्चनपुर- शुक्लाफ़ाटा नगरपालिका वडा नम्बर १० झलारीमा रहेको नागरिक सुशासन समाजले शनिवार एक प्रेस बिज्ञप्ति जारी गरेको छ।



प्रेश बिज्ञप्तिमा भनिएको छ यस शुक्लाफ़ाटा नगरपालिकाले सम्पादन गर्ने सम्पुर्ण कार्यहरु स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम आमनागरिकको हक अधिकार समसामयिक परिस्थिति अनुकुल स्थापित हुने गरि नगरपालिकाले आफ्ना गतिबिधि एवं क्रियाकलाप संचालन गर्न बान्छनीय रहेकाले ऐन,नियम,नीति,निर्देशन र कार्यविधिको प्राबधान लाई ठाडो उल्लङ्घन गरि भौतिक रुपमा कुनै पनि भूभागमा संचालन नै नभएको फर्जी बिद्यालय स्थानान्तरण खरिद बिक्रि गर्ने कार्य लगायत नगर शिक्षा समिति गठन र समसामयिक परिस्थितिमा हुदै गैरहेका आर्थिक अपारदर्शिता प्रति यस सस्थाको गम्भीर ध्यानाक्रिस्ट भएको छ।
उक्त कार्यहरुमा संग्लग्न रहेका जनप्रतिनिधि कर्मचारी लगाएत सरोकारवाला सबैलाई कडा कानुनि कारवाहीको माग गरिन्छ अन्यथा आगामी दिनहरुमा सस्थाले आमनागरिकका उक्त सरोकारका बिषयमा रणनीतिक योजना बनाई सम्बन्धित नियमनकारी निकायलाई कारवाहीको माग गर्दै सशक्त कार्यक्रमहरु संचालन गर्ने भनि सस्थाका अध्यक्ष बिर बहादुर बोहरा र सचिब शंकर दत्त जोशी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।

























