२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

डडेल्धुरा प्रहरीमा चार महिनामा आत्माहत्याका ९ मुद्दा दर्ता

डडेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेलधुरामा चार महिनाको अवधिमा ४७ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार चार महिनाको अवधिमा विभिन्न घटनामा ४७ मुद्दा दर्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०८०।८१ को साउन महिना देखी कार्तिक मसान्त सम्मको चार महिनामा जुवाका पाँच, अभद्र ब्यवहारका तिन, अपराधिक उपद्रको एउटा, सवारी बाट भवितब्य ज्यानका दुई वटा मुद्दा दर्ता भएका छन ।

यस्तै, जवरजस्ती करणीका तिन, सवारी ज्यानका तिन, झुण्डिएर आत्महत्याका नौ वटा, फुटकरज्यानका दुई वटा, भिर बाट हाम फाली गरेको आत्महत्याको एउटा, ज्यान सम्बन्धिको एउटा, भवितब्य ज्यानका सात वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक बिर बहादुर थापाले बताए । यस्तै, सहकारी ठगीको एउटा, बहुबिवाहका दुई वटा, चोरीको एउटा, लागुऔषधका पाँच वटा र ठगी तथा अपराधिक बिस्वासघातको एउटा मुद्दा दर्ता भएको उनले बताए ।

जिल्लामा हुन सक्ने अपराधिक क्रियाकलाप न्यूनिकरणका लागि डडेल्धुरा प्रहरीले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ र ‘लागु औषध बिरुद्धको महाअभियान २०८०’ अन्तरगत समुदाय लक्षित बिभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिईरहेकोे डडेल्धुराका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।