२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

प्रेस युनियनद्वारा १५ विभाग गठन

काठमाडौँ- नेपाल प्रेस युनियनले पन्ध्र वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई पन्ध्र विभागमा संयोजकको जिम्मेवारी दिनुभएको हो ।

प्रेस युनियनको विधान २०४८ ९छैटौँ संशोधन–२०७९० परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभाग आज गठन गरिएको हो । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासन विभागको जिम्मेवारी पाउनुभएको छ ।

उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दीपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवर्द्धन, माधव अर्यालले आचारसंहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाउनुभएको हो ।

त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवर्द्धन, अनिलकुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्द्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल सङ्गठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाउनुभएको छ । विभागका संयोजकले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास, सङ्गठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताउनुभयो ।

विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।

May be an image of text

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।