२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

‘खोले जाँत’ १२ गते हुने

डडेल्धुराः स्थानीय भाषामा ‘खोले जाँत’ नामले परिचित जगन्नाथ मेला यहि मिति मंसिर १२ गते रतेडी र १३ गते जाँत(दिसेडी) हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारा दत्त भट्ट ले जानकारी दिएका छन् ।

अजयमेरु गाउँपालिकाको वडा नम्बर ३ र ४ चिपूरमा पर्ने जगन्नाथ खाेलामा याे म्ला लाग्ने गर्दछ ।
गुनपाल ,चौडी,चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’आएर मेला हुने गर्दछ।

पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्ने भक्तजनहरुकाे बिहानै देखि भिड लाग्ने गर्दछ ।
‘खोले जाँत’को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछ्न।

साथै संरक्षणका साथ तोकिएका चार किल्लाहरु पुर्वमा राउत कट्टे,पश्चिममा चिपुर न्वाउलो(हाटपाट न्वाउलो),उत्तरमा माहर गडो(हल्कुडा),र दक्षिणमा खिरे चौतारा (मणिलेक) भित्र कसैले गैर कानुनी काम गरेको वा गराइएको पाइएमा देहाय बमोजिमको जरिवाना तिर्नुपर्ने जगन्नाथ युवा क्लबका अध्यक्ष तारा दत्त भट्ट ले जानकारी दिए।
(१)रक्सी बेच्ने काम गरेमा रु१००००,
(२)रक्सी सेवन गरेको पाइएमा रु५०००
(३)जुवा तास खेलाएमा रु १००००
(४)गाडीमा रोडमै सामान बेच्नेलाइ रु२००० र गाडी मोटरसाइकल पार्किङ स्थल भन्दा अगाडि लेएमा समेत जरिवाना गरिने अध्यक्ष भट्ट ले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।