२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

महात्मा गान्धीको चस्मा साढे २ करोड भारूमा लिलाम

एजेन्सी- महात्मा गान्धीले प्रयोग गरेको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ । बेलायतको लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ ।

एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो । तर सोचेभन्दा बढी मोलमा उक्त चश्मा बिक्री भयो । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । यसको अुनसन्धानबाट गान्धीले चश्मा लगाएको समय र अन्य प्रमाणका आधारमा यो गान्धीकै पहिलो चश्मा हुन सक्ने तथ्य पत्ता लागेको बताइएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।