२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

मोटरसाइकल दुर्घटनामा अमिन गम्भीर घाइते, भेन्टिलेटरमा उपचार हुँदै

धनगढीः कञ्चनपुरका छाडा पशु चौपाया(गाई) सँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिकाको वाणीमा शुक्रबार साँझ बा२ब ८९५० नम्बरको सरकारी मोटरसाइकल गाईसँग ठोक्किदा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–७ घर भएका २५ वर्षीय करन साउँद रहेका छन् ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । मोटरसाइकल पछाडि सवार प्रकाश जोशी समान्य घाइते भएका छन् ।

गम्भीर घाइते भएका साउँद अछामको नापी कार्यालयका अमिन रहेको खुलेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।