२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

दुर्गेशको ‘आलुजस्तो गायक’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

गायक दुर्गेश थापाको नयाँ गीत आलुजस्तो गायक गीत सार्वजनिक भएको केही घन्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। उनको यो नयाँ गीत बिहीबार युट्युब मार्फत सार्वजनिक भएको हो।

दुर्गेश बेलाबेला विवादमा आइरहन्छन्। पछिल्लो समय ऋषि धमलाको जनता जान्न चाहन्छु कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए। त्यो घटनापछि ट्रोलुको सिकार बनेका थिए।

धेरैले उनको आलोचना गरे। तर मान्छेबाट गल्ती हुन्छ भन्दै दुर्गेशलाई समर्थन गर्नेको कमी थिएन। उनै दुर्गेश थापाले जनता जान्न चाहन्छ कार्यक्रममा भएको घटनालाई केन्द्रमा राखेर नयाँ गीत सार्वजनिक गरेका छन्।

आलुजस्तो गायकु बोलको यो गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको कथा समेटेका छन्। गीतको शब्दले भन्छ, हो हो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल , गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्।

भिडिओमा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको, आलु जस्तो गायकुमा दुर्गेश सहित भिडिओमा पल शाह, पुष्प खड्का र सरिता केसीको पनि नृत्य छ। गीत बिहीबार युट्युब च्यानल इनाक्सी इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको हो। भिडियो हेर्नुहोस।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।