अमरगढी नगरपालिकाले सडक चौडा गर्न सडक छेउछाउमा रहेका टहरा आफै हटाउदैछ ।



डडेल्धुराः सुदर पहाडको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्ला सदरमुकाको सडक चौडा नहुदा स्थानीय नागरिकहरुले सास्ती भोग्दै आएका थिए । यस्तै सडक साघुरो हँदा पैदल यात्रि , गाडि चालक, प्रहरिले पनि दुख पाउने गरेका थिए । बर्षै देखि साघुरो सडक रहेको यो सडक खण्ड चौडा हुन लागेको छ ।
नगरपालिकाको वडा नम्बर ५ अन्तर्गत महाकाली राजमार्गको बागबजार बसपार्क देखि रानीधारा सम्म तीन सय मिटर सडक विस्तारका क्रममा घरको क्षतिपूर्ति र मुआब्जा भूक्तानी लिइसकेका घर तथा जग्गा धनिहरुलाई सडक मापदण्ड भित्र रहेका घर तथा खोका टहरा लगायतका संरचनाहरु हटाउन नगरपालिकाले पटक पटक सूचना तथा माईकिङ्ग गर्दा समेत केही व्यक्तिहरुले हालसम्म त्यस्ता संरचनाहरू नहटाएको पाइए पछि नगरपालिकाले आफै हटाउन लागेको हो ।

गत सोमबार मात्रै नगरपालिकाले अन्तीम पटकका लागि सात दिनको म्याद दिएर उक्त क्षेत्रको सडक खण्डमा पर्ने घर तथा टहराहरु यथासिघ्र हटाउन भनी सूचना गर्दा समेत ऐलानी, प्रति जग्गामा बनेका घर खोका, टहरा लगायतका संरचनाहरु नहटाएको पाईएपछि नगरपालिकाले सोमबार बाट आफै हटाउन लागेको छ ।
सडक चौडा मागका लागि डडेल्धुराका राजनितीक दल, सामाजिक संघ संस्थाहरुले बेला बेलामा अभियानहरु गर्दै आएका थिए ।
सडक चौडा मागका लागि बोलन्याथली युनिट डडेल्धुराले पनि २ बर्ष अगाडि लास आन्दोलन गरेको थियो । पछिललो समयमा सडक चौडा हुने भएकपछि स्थानीयहरु खुशी भएका छन् ।

सडक साघुरो भएकै कारण दुर्घटनाको जोखिम बढि हुने समस्या रहेको थियो जुन अब कम हुने ट्राफिक कार्यालय स्यालेले बताएकोछ ।
सडक चौडा नहुदा आफुहरु लाई गाडि चलाउनै असहज हुने समस्या रहेको तर सडक चौडा भएपछि यो समस्या हटने गाडि चालक केशव रावलले बताए ।
सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपुर्जा पनि आइसकेको छ । बागबजार क्षेत्रमा ३०० मिटरमा सडक फराकिलो बनाउन सरकारले मुआब्जा बाँडेको थियो ।

तर घरपेटीले १५ मिटरभित्रै सिँढी राखेका थिए भने सटरअगाडि पुरानो सडकसम्मै व्यापार व्यवसाय गर्दै आइरहेका थिए । पहिलो चरणमा १०६ र दोस्रो चरणमा २८४ गरी ३९० जनालाई मुआब्जा वितरण गरिएको सडक डिभिजन कार्यालय कुलपातेका प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो पटक २० करोड र त्यसपछि ३० करोड मुआब्जा वितरणका लागि बजेट आएको थियो । उक्त रकम बाँडिसकिएको छ । सडक फराकिलो पारी विस्तार गर्न ५२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
डडेल्धुरामा मेयरलाई जलाउँछु भन्ने व्यापारी प्रहरि खोरमा – खबरदारी न्युज (khabardarinews.com)
मेयर माथि अमर्यादित व्यवहार गर्ने पाल पक्राउ – खबरदारी न्युज (khabardarinews.com)
डडेल्धुराका सडक जलमग्न हुँदै ,नालि व्यवस्थापन हुन् सकेन – खबरदारी न्युज (khabardarinews.com)

























