डडेल्धुराः डडेल्धुरामा नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–२ भेल स्थित कुखुरा फर्ममा जुवाडे पक्राउ परेका हुन् ।
संञ्चालक चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका २४ वर्षीय बिरेन्द्र खडायत सहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।



बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ हजार ३५ रुपैँया र तास ३ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
Views: 280

























