कञ्चनपुर- चाडपर्वको अवसरमा बाहिरबाट भित्रिने प्लास्टिक फुलमाला अब कृष्णपुर नगरपालिका भित्र बेच्न नपाईने भएको छ। कृष्णपुर नगरपालिकाले एक सुचना जारी गर्दै प्लास्टिक जन्य फुल माला प्रतिबन्ध गरिएको र बेचेको पसलमा फेला परेमा कानुनी कार्वाही गरिनुका साथै समान जफत गरिने जनाएको छ।




ईलाका प्रहरी कार्यलय गुलरिया लगायत कृष्णपुरमा रहेका प्रहरी पोष्टलाई उल्लेखरनिर्देशन गर्दै नगरपालिकाले सुचना जारी गरेको छ। नगरपालिकाले तिहारको बेला स्थानीय स्तरमै उत्पादित फुलमाला प्रयोग गर्ने प्रेरित गर्नुका साथै पुष्प खेतीमा लागेका किसानहरुलाई प्रोत्साहन गरेको मेयर हेमराज ओझाले बताएका छ्न्।
Views: 329

























