कैलालीः कैलालीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा १ युवक पक्राउ परेका छन् ।



प्रहरीका अनुसार ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबर राति प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
Views: 151

























