२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

रवि भन्छन्: अगामी चुनावमा अरू दललाई पाखा लगाउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दलहरूलाई पाखा लगाउने बताएका छन् । शनिवार ललितपुरमा आयोजित कार्यक्रममा लामिछानेले पुराना दलहरूले जनताका लागि केही गर्न नसक्ने भएकाले उनीहरूलाई पराजित नगरेसम्म जनताका समस्या जस्ताको तस्तै रहने बताए ।

दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा थुना मुक्त गरेर दलहरूले जनताको मतलाई उपहास गरेको उनले टिप्पणी गरे । उनले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिनेगरी आफूहरूले काम गर्ने बताए ।

उनले भ्रष्टाचारका फाइल खोल्ने भनेका दलहरू अहिले तर्सिएर फाइल नै बन्द गरेर बसेको जिकिर गरे। सभापति लामिछानेले नेपालीहरूको सुनौलो भविष्यको सपना देखाएर नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।