२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइनः देउवा

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले पार्टीभित्रै कुनै समस्या देखिए तत्काल समाधान गर्ने पनि बताए । आफूले पार्टीभित्र मेलमिलापको वातावरण बनाउने कोसिस गरिरहेको उनको भनाइ छ ।

notice
notice

“ठूला दललाई विस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रूपमा लिएको छु । काम गर्नुपर्‍यो, भन्नु राम्रो कुरा हो नि १ चुनौती आएको छैन । ठूला दलका ठूला नेताहरू त आलोचनाका पात्र हुँदै हुन् त । आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ । आलोचना गर्नसम्म गर्नुस् न । ठूला दलको विश्वास गुम्यो तपाईंले भन्नुभयो । तर, मलाई त विश्वास छ भन्ने लाग्छ त । यसरी नभन्नुस् न त,” उनले भने, “तपाईंले भनेको कुरा मैले मान्नुपर्छ भन्ने छैन, माफ गर्नुहोला । विद्यार्थीहरू विदेश पढ्न जान चाहन्छन्, रहर पुगेपछि फर्किहाल्नुहुन्छ नि । नेपाललाई माया गर्नुहुन्छ उहाँहरूले । पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन । तपाईंहरूले भनेको कुरा सत्य होइनन् नि । मेलमिलाप गर्न खोजिराखेको छु । कहीँ समस्या छ भने समाधान गर्छु मैले ।”

ठूला दल विस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि उनले दोहोर्‍याए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।