२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

जेसीज सप्ताहको अवसरमा डडेल्धुरामा ५१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता हुने

डडेल्धुरा जेसीजको इतिहासमै सर्वाधिक धनराशिको खुला भलिवल प्रतियोगिता हुने भएकोछ ।
डडेल्धुराः जेसीज सप्ताहको अवसरमा डडेल्धुरामा ५१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता हुने भएकोछ । शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जेसीजले जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता जानकारि गराएको हो ।

डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक १२ गतेदेखी १८ गतेसम्म जेसीज सप्ताह कार्यक्रमको अवसरमा भलिवल प्रतियोगिताको आयोजना गरिन लागिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए।

कात्तिक १६ गते विहान ११ बजे जिल्ला स्तरीय खुला पुरुष भलिवल प्रतियोगिताको खेल सञ्चालन हुने उनको भनाइ छ।

खेलहरू डडेल्धुरा बहुमुखी क्याम्पसको छात्रवासको प्राङ्गणमा हुने छन् भने जिल्ला बाहिरका खेलाडीलाई सहभागी गराइने छैन्। तर, जिल्लामा कार्यरत संघ संस्थाका खेलाडीले सहभागीता जनाउन पाउने छन्।

उनले १७ गते विहान १० बजेदेखी सेमिफाइनल र १८ गते दिउँसो १ बजेदेखी फाइनल खेलसँगै पुरष्कार वितरण तथा जेसीज सप्ताह कार्यक्रम समापन हुने खेल हुने जानकारी दिए।

अध्यक्ष अवस्थीकाअनुसार भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार एक सय ११, ट्रफि, मेडल तथा प्रमाणपत्र रहेको छ। यस्तै, द्धितिय पुरस्कार २५ हजार एक सय ११ र तृतिय पुरस्कार १५ हजार एक सय ११ सहित मेडल तथा प्रमाणपत्र रहेको छ।

जेसीज सप्ताह कार्यक्रम अन्र्तगत कात्तिक १२ गते बिहान ८ बजे जेसीज सप्ताह कार्यक्रम उद्घाटन हुने अध्यक्ष अवस्थीले जानकारी दिए। उनले सोही दिन रेडक्रस सोसाइटी डडेल्धुरामा रत्तदान कार्यक्रम समेत रहेको बताए।

No description available.

‘१३ गते दिउँसो ३ बजे डडेल्धुरा बसपार्कमा म्युजिकल चेयर र घैटो फोड्ने कार्यक्रम छ। १४ गते बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म निशूल्क आँखा चेकजाँच तथा औषधि वितरण, गन्यापधुरा गाउँपालिकाको कार्यालय गणेशपुर छ,’ उनले भने, ‘कात्तिक १५ गते बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म निशूल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधि वितरण कार्यक्रम रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।