२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

बैतडीको निङ्गलाशैनीमा ६ सय राँगा र बोकाको बलि

बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहितको जात्रा सम्पन्न भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा पशुको बलिदिने प्रचलन रहिआएको छ।

महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा सम्पन्न भएको हो। मन्दिरमा राँगा र बोकाको बलिसहित मेला सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिले जानकारी दिएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लामै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ।

त्यहाँका आम सर्वसाधरणले आफ्ना चाहाना पुरा हुन भनेर तथा दुःख्ख, कष्ट, रोगबाट छुटकारा पाउँनका लागि भाकल गर्दछन्। सोहि भाकल अनुसार राँगा तथा बोकाको बलि दिने गर्दछन्। महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र महाअष्टमीमा बलिदिने चलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिइदैन्।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।