२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

यूएईलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौँ: त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ७ विकेटले हराएको छ । युएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी सुरुवात गरेको हो।

मुलपानी क्रिकेट मैदानमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाउँदै अविजित रहे भन दिपेन्द्र सिंह ऐरी ३४ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेल १४, आसिफ शेख २३ र कुशल मल्ल ११ रनमा पेभेलियन फर्किएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो। युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाल लागि करण केसीले ३ विकेट लिए। त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक९एक विकेट लिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।