२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

डडेल्धुरा जन्मेका हर्कबहादुर जो आईपीइल देखि विश्वकप देखाइरहेका छन्

डडेल्धुरा – भारतको प्रशिद्ध क्रिकेट प्रतियोगिता आईपीएल देखाउने अमरगढी नगरपालिका—७ का हर्क कैनी अहिले विश्वकप देखाई रहेका छन । कामको शिलसिलामा भारत पुगेका हर्कले पछिल्ला वर्षहरुमा आईपीएल देखाउदै आएका थिए ।

२०३३ सालमा जन्मेका हर्कबहादुरले पोखरमा रहेको उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । २०५६ सालमा विवाह गर्दा लागेको ऋण तिर्न मुम्बइ पुगेका उनले एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरेका थिए । सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले । अनि चिया पकाउने काम छोडेर नयाँ कामतर्फ लागे, तर बिना तलब ।
उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका उनको परिवारको दबाबका कारण २०५३ मंसिरमै विवाह भयो । विवाहको खुसी सकिएको थिएन्, उनको परिवार शोकमा डुब्यो । मंसिरकै महिनामा बुवाको निधन भयो । त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिएका थिए ।

‘५ महिनासम्म काम सिकेपछि कम्पनीले तलब दिन सुरु गर्यो,’ उनले भने, ‘प्राविधिक रूपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरू मिलाउने काम थियो मेरो । सोही समयमा अडियो भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तिर्ण गरेको थिए ।’ आफ्नो काममा पोख्त हुन थालेपछि सन २००३ पछि भारतभित्र मात्र होइन विदेश जाने अवसरसमेत पाउन थाले हर्कबहादुर ।

‘विभिन्न इभेन्टहरूको प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको थिएँ,’ उनले अगाडि थपे, ‘अहिले त दर्जर्नौ देशमा गएर टेलिभिजनमा इभेन्टहरू देखाइरहेको छु ।’

अहिले भारतमा ओडिआई विश्वकप जारी छ । उक्त विश्वकपलाई टेलिभिजनमा देखाउने पर्दा पछाडिका काममा सक्रिय छन् हर्कबहादुर । विश्वकपलाई टेलिभिजनमा आकर्षक बनाएर देखाउँने काम हो हर्कबहादुरको । हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्याउने प्राविधिक टोलीमा कार्यरत छन् उनी ।

भिजन इन्जिनियर हर्कबहादुरले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन् । उनले भने, ‘२००८ देखि भारतमा आइपीएल सुरु भयो । आइपीएलमा २००९ देखि नै काम गर्न थालेको हुँ । यो वर्ष विश्वकपको प्रत्यक्ष प्रसारणको टोलीमा छु ।’

उनीसँग आइपीएल, २० र ५० ओभरको विश्वकप क्रिकेट, एसियन गेम, इन्डियन सुपर लिग फुटवल, प्रो कवड्डी, बहुचर्चित आइफा अवार्ड, विग बोस, इन्डियन आइडल लगायतका विभिन्न इभेन्टस्को प्राविधिक टोलीमा रहेको अनुभव छ । पहिलो किरण बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।