२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

थप तीन कोरोना संक्रमितको मृत्यु, संख्या १४० पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जना र चितवनमा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा २ जनाको मृत्यु भएको छ भने बिहीबार चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा संक्रमणको पुष्टि भएको छ । पर्साको बहुदरमाइ नगरपालिका डकैलाका ६१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका उनलाई निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगञ्जको अलि अर्थो ट्रमा सेन्टरमा लगिएको थियो ।

परीक्षणका क्रममा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा सारिएको थियो । उपचारका क्रममा आज बिहान सवा ७ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यसै अस्पतालमा थप एक संक्रमितको पनि मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२६ सुगौली गाउँका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । खोकी र स्वास–प्रश्वासको समस्या देखिएपछि भदौ ४ गते वीरगञ्जको तराई अस्पतालमा लगिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि डायलासिसको तयारी गर्दागर्दै अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचाररत अवस्थामा शुक्रबार राति ८ बजे मृत्यु भएको बताइएको छ ।

चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा पनि कोरोना पुष्टि भएको छ । निमोनियाको समस्या देखिएपछि भदौ ३ गते भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना भएको उनको बिहीबार राति मृत्यु भएको थियो । भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणपछि शुक्रबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।