२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

काठमाडौँ, ३० असोज । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स २२।१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने यो साउन र भदौमा १ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा १७।७ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।