२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

कैलालीको गेटामा भोलीदेखि १०० शैय्याको अस्पताल संचालनमा आउने

कैलाली, ३० असोज । कैलालीको गेटामा भोलीदेखि १०० शैय्याको अस्पताल संचालनमा आउने भएको छ । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि अस्पातल सञ्चालन आउन लागेको हो ।

गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शैय्याको अस्पताल सञ्चालन हुन लागेको जानकारी दिएका हुन् । जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने डा। जोशीले बताए ।

No description available.हाललाई ११ जना विशेषज्ञ चिकित्सकसहित सेवा सुरु भए पनि आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा थप गरिने निर्देशक जोशीले बताए । सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।