२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सारदा मावि. सिराड शैक्षिक सुधारमा केन्द्रित(हेरौं एक रिर्पोट)

डडेल्धुराः डडेलधुराको भागेश्वर गााउपालिका ५ सिराडमा रहेको सारदा मावि. सिराडले यो बर्ष शैक्षिक गुणस्तमा सुधार गर्ने गरि कार्य गर्दै आउकोछ । विद्यालयले अरितिक्त किृयाकलापहरुमा अघिल्लो बर्ष भन्दा यस बर्षमा बडोततरि गरेको छ । विद्यार्थीहरुको पढाई गुणस्तर सुधार गर्नका लागि शिक्षक, विद्यार्थी, विव्यस र अभिभावकहरुले चासो दिएका छन् । विभिन्न योजना सहित विद्यालयले विद्यार्थीहरुको पढाई गुणस्तर सुधारका लागि योजना अनुरुप काम गरिरहेका छन् ।

विसं २०१४ मा स्थापना विद्यालयले गत बर्ष पालिका भरिको एसइई नतिजा पनि उतकृष्ट ल्याएको विद्यालयका प्रध्यानाध्यापक हरि सिंह भाटले बताएका छ् । भाटका अनुसार ८ कक्षाको परिक्षाको नतिजा पनि गत बर्षको तुलनामा यो बर्ष सुधारोन्मुख आएकोछ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिती, अभिभावक, शिक्षक र विद्यार्थीहरु बिचमा सुमधुर सम्बन्ध रहेकोछ । हामीले होमवर्क डायरि लागु गरेका छौ । हामीले शिक्षक र अभिभावक अन्र्तकिृया गर्ने गरेका छौ । विद्यार्थीहरुको कमीकमजोरी हेरेर उनीहरुको अभिभावक बिचमा राख्ने गरेका छौ जसले गर्दा शैक्षिक गुणस्तमा सहयोग पुगेकोछ ।

यस्तै हामीले योजना अनुरुप नै काम गरेका छौ अभिभावकहरुले थप ध्यान दिने गरेमा शैक्षिक गुणस्तरमा निकै शुधार हुने शिक्षकहरुको रहेकोछ ।
उता व्यवस्थापन समितीले भने उतकृष्ट शिक्षक विद्यार्थीहरु लाई बर्षको अन्तिममा उतकृष्ट बिधामा पुरुस्कार दिने घोषण समेत गरेकोछ जसले गर्दा शिक्षक विद्यार्थीहरुको मनोबल बढेको देख्न सकिन्छ ।

गृहकार्य डायरि, नियमित समयमै विद्यार्थी, शिक्षक हाजीरी जाँच, अभिभावक सँग अन्र्तकिृया कार्यक्रम लगायतका नियमहरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रतन सिंह चाडले बताएका छन् । विद्यालयमा शिक्षक र विद्यालय व्यवस्थापन समिती बिचको सम्बन्ध सुमधुर रहेकाले पनि पढाई गुणस्तमा केहि हद सम्म सुधार आएको चाडले बताए । चाडले थपे विदालयमा दरबन्दि अनुसारको शिक्षक नहँदा, विद्यालयको परिधिमा घेरवारको व्यस्था नहुदा केहि सम्सयाहरु खेप्नु परेको दुखेसो गरे ।

पछिल्लो २ आव को तुलना गर्दा यस विद्यालयले शैशिक गुणस्तरमा सुधार ल्याएको देखिन्छ । सारदा मावि सिराडमा भागेश्वर गाँउपालिकाले सुरु गरेको शैक्षिक गुणस्तर बर्ष २०८० ले पनि सहयोग पुगेको छ भने अतिरिक्त कृयाकलापहरुमा लुनिभा बाल सरोकार डडेल्धुराले सहकार्य गरेकोछ ।

हेरौं एक रिर्पोट- 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।