२०८१ आश्विन १ मंगलवार
२०८१ आश्विन १ मंगलवार

भागेश्वर ५ का किसानहरुको लोप लाग्दो कृषि (हरौं एक रिर्पोट)

डडेल्धुरा(दिपकराज भट्ट) – डडेल्धुराको भागेश्वर गाँउपालिका तरकारि र फलपलुलका लागि प्रसिद्ध क्षेत्र हो । यँहा बिशेष गरेर टमाटर, काउली, रायो, भिण्डी र सिमि उत्पादन हुने गर्छ भने फलफुल अन्र्तगत जुनार,कागती, मौसम र ओखर मुख्य रुपले उत्पादन हुने गर्दछ ।
डडेल्धुरा जिल्ल सदरमुकाम बाट २५ किलोमिटर पश्चिम दक्षिण तर्फ र हेको सिराड गाँउ फलफुलका लागि निकै प्रख्यात रहेकोछ । यँहाका किसानहरुले व्यवसायिक रुपमा नै तरकारि र फलफुल खेती गर्दै आएका छन् तर उत्पादन भएको वस्तुले उचित बजार नपाउदा किसानहरु चिन्तित भएका छन् । १ केजीको ढुवानी मात्रै जिल्ला सदरमुकाम सम्म पुगाउदा १० रुपैया लाग्ने गरेको पिडा किसानहरुकोछ ।
आफुले थोरै लगानी बाट ३ बर्ष अगाडि बाट व्यवसायिक तरकारि र फलफुल खेती गर्न लागेको किसान टेक सिंह चाडले बाताएका छन् । उनलाई ८ बर्ष बिदेश बसेको पिडाले स्वदेश मै केहि गरु भन्ने योजनाका साथ यो व्यवसाय ५ रोपनी जमिन बाट सुरु गरेको चाड बाताउछन् । उनले हाल फर्ममा ५०० बोट आगती जुनार , सुन्तला लगाएका छन् भने १ लाख प्याजको बिउ बोट समेत उत्पादन गरेकाछन् ।

ढुवानी नै महङगो भएकाले उत्पादन भएको वस्तुले बजार मुल्य नपाउने गरेको दुखेसो पोखेका छन् । पालिका सँग पनि हाते ट्याक्टर सहित अन्य कृषि सामग्री माग गर्दा आश्वासन मात्र दिने तर सामग्री नपाउने गरेको उनी बताउछन् ।

यस्तै सडक राम्रो बारै महिना चल्ने नभएका कारण ढुवानी मानिबाट गराउदा महङगो पर्न जाने अर्का कृषक केशव सिंह चाड बताउछन् । उनी भनछन् हामीलाई स्थानीय सरकारको कुनै सहयोग छैन हामीले आफ्नै लगानीमा यो फर्महरु संञ्चालन गरिरहेका छौ । सिचाई अभावका कारण खानेपानी बाटै बोटविरुवा पन्याउने गरेको रमेशको भनाईछ ।
किसानहरुले सिचाई तथा प्रविधिको समस्या हुँदा आफुले सोचे जतिको व्यवसायिक रुपमा तरकारि , फलफुल खेती गर्न नसकेको यसमा पालिका वा अन्य निकायले सहयोग गरिदिए हामीलाई राहत हुने चाडको भानाई छ ।

हाम्रो कृषि कार्यक्रममा खबरदारी कर्मि दिपकराज भट्टले तयार पारेको एक रिपोर्ट- 

https://www.facebook.com/khabardarinews/posts/pfbid0PJwLhWrfxmqexKhPsXWL7J2vb78uADG3GcfqjbiiAdEZzAdrmo3vvgZs6XGRUcsbl

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।