२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

इजरायलबाट नेपाल फर्कन २ सयको आवेदन, दुइटा विमान तयारी अवस्थामा

काठमाडौं:  इजरायलबाट नेपाल फर्कन २ सय जनाले नेपाली राजदुतावासमा आवेदन दिएका छन् । अन्तर्रािष्ट्रय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी दिएका हुन् ।

इजारायलमा भएका नेपालीहरुको अवस्थाको जानकारी दिँदै मन्त्री साउथले नेपाल फर्कन चाहानेहरुका लागि २ वटा विमान तयारी अवस्थामा राखेको सुनाए । उनका अनुसार नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका जहाज तयारी छन् ।

मन्त्री साउथले इजरायलमा ४ हजार ५ सय जना केयर गिभरको रुपमा कार्यरत रहेका बताए । उनले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २५६ जना विद्यार्थीहरु इजरायलमा रहेको र ती मध्ये १० जनाको हमासले गरेको आक्रमणमा मृत्यु भएको जानकारी दिए । शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुकका लागि सुरक्षित रुपमा नेपाल ल्याउने तयारी रहेको उनले सुनाए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।