काठमाडौंः दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिए।



व्यावसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आए पनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन्। पुरानै भाडा कायम गरेर दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो।
Views: 188


















