२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

एक सयभन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

धनगढीः नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सयभन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ।

यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ। त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ। पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ।

भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ। ड्राफ्ट, टीटी, कार्डमार्फत हुने भुक्तानीमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।