धनगढी- कैलालीमा ६ बर्षपछि वन मुद्दाका तीन जना दोषी पक्राउ परेका छन्। गौरिगंगा नगरपालिका वडा नम्वर ५ बस्ने ३२ बर्षीय हेमन्त साउँद, सोही ठाउँका ५३ बर्षीय सन्तबहादुर खप्तडी मगर र ३० बर्षीय दुर्गा भाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार २०७२ सालमा उनीहरुलाई एक लाख १३ हजार ९जनही० जरिवना तोकिएको थियो।
गौरिगंगा नगरपालिका वडा नम्वर ५ बाट पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरिएको बताउँदै प्रहरी नायव उपरिक्षक विष्टले जरिवना तिरेर छुटिसकेको जानकारी दिए।
Views: 31