बझाङः बझाङमा भएको हत्या प्रकरणमा हत्या भएका व्यक्ति र आरोपित दाजुभाई रहेका थिए । शुक्रबार साँझ छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको उनकै भाई करिब ५५ वर्षीय बिजुली मण्डेलले छुरा प्रहार गरि हत्या गरेका थिए । हत्या गरेका भाई भने जंगलबाट पक्राउ परेका छन् ।



दुवैजनाले सुरुमा सँगै मदिरा सेवन गरेको र विवाद हुँदा भाईले सुरुमा भाउजुलाई कुटेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरतबहादुर शाहले बताए। उनका अनुसार त्यसपछि दाजु जैलुले भाईलाई सुरुमा हँसिया प्रहार गरेकोमा आक्रोशित भाइले छुरा प्रहार गरि दाजुको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
हत्यापछि आरोपित फरार भएका बिजुली खोजी भइरहेको थियो उनलाई आज प्रहरि जंगल बाटै पक्राउ गरेको छ ।
Views: 176

























