२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कोशी प्रदेश सरकार विस्तार, ३ राज्यमन्त्रीसहित ९ सदस्यीय बन्यो

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्नुभएको हो ।
आज सोमवार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र लीलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनुभएको । यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

अब कोशी प्रदेशको मन्त्रिपरिषद् ३ राज्यमन्त्रीसहित ९ सदस्यीय भएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश प्रमुख कार्यालयमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कार्कीले आउँदो २० गतेभित्र विश्वासको मत लिई सक्नुपर्छ । एमालेलाई समर्थन गरेको राप्रपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले कार्की नेतृत्वको सरकारलाई साथ नदिने बताइसकेकोले कार्कीले विश्वासको मत पाउने सम्भावना निकै कम छ । कार्कीले विश्वासको मत नपाएमा आज नियुक्त भएका मन्त्रीले १२ दिन कार्यभार सम्हाल्न पाउनेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।