२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

डडेल्धुराः लू निभाःले दुई दशक देखि निरन्तरता दिंदा आइरहेको सामाजिक परीक्षण यस वर्ष पनि ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयालज्यूको विशेष आतिथ्यतामा ललितपुरमा सम्पन्न भएको छ । इन्टरपेडिया फिनल्याण्ड र बिदेश मामला मन्त्रालय फिनल्याण्डको आर्थिक सहयोगमा सामाजिक परीक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथि ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयालले लू निभाःले नेपालको शिक्षामा गुणस्तरिय अभिवृद्धिका लागि उदाहरणीय कार्य गर्दै आइरहेकोमा प्रशंसा गर्नुभएको छ । उहाँले ललितपुरका धेरै बिकट ठाउँहरु रहेको र त्यहाँ अहिले सम्म पनि शिक्षामा सुधार गर्न नसकिरहेको अवस्थालाई लक्षित गर्दै लू निभाःले त्यस क्षेत्रलाई लक्षित गरि कार्य गर्दै आइरहेकोमा धन्यबाद पनि ब्यक्त गर्नुभयो । समग्रमा ललितपुरको मानव विकास सुचकांक-HDI धेरै भएकोले गैर सरकारी संस्थाहरु आफ्ना दातृ निकायहरुले काम गर्न नदिइरहेको अवस्थामा ललितपुर जिल्लालाई नै यसले बाधा गरिरहेको अवस्था औल्याउदै उहाँले ललितपुरको दक्षिणी भेगको छुट्टैे मानव विकास सुचकांक -HDI निकाली त्यस क्षेत्रका समग्र बिकासमा सबै जना लाग्नु पर्ने कुरा व्यक्त गर्नुभएको थियो । यसका लागि छिट्टै
योजना आयोगसंग छलफल गर्ने कुरा पनि व्यक्त गर्नुभएको थियो ।

No description available.

 

यसैगरी महाकाल गाउपालिकाका प्रमुख गणेश बहादुर केसी शिक्षा क्षेत्रमा लू निभाःको योगदान सह्रानीय भएको कुरा औल्याउदै गाउपालिका लू निभाःसंग बालबालिका र शिक्षाको क्षेत्रमा सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गर्नुभयो । कोन्ज्योसोम गाउपालिकाका प्रमुख कृष्णमान लामा ज्यूले पारदर्शिता र जवाफदेहितामा अगाडि बढेको संस्था लू निभाःबाट अरुले धेरै कुरा सिक्न सक्ने कुरा व्यक्त गर्नुभएको थियो । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारज्यूले विद्यालयको शिक्षामा गुणस्तरीयता, र प्रभावकारीताको अभिवृद्धिका लागि लू निभाःले पु¥याउदै आइरहेको सहायताका लागि धन्यवाद दिनुभयो । उहाँले स्थानीय तहहरुसंग सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउदै शैक्षिक विकास र बालबालिकाको अधिकार रक्षाका निम्ती योगदान दिन हुन सल्लाह दिनुभयो । उहाँले गैर सरकारी संस्थाहरु सरकारको सहयोगीका रुपमा रहेको कुरा व्यक्त गर्दै समाज विकासमा गैर सरकारी संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको कुरा पनि व्यक्त गर्नुभयो ।

खूल्ला छलफलमा उठेका जिज्ञासाहरुको जवाफ दिदैं लू निभाःका कार्यकारी निर्देशक नरेन्द्र डंगोल ज्यूले लू निभाः जवाफदेहिता र पारदर्शितामा विश्वास गर्ने संस्था भएकोले उहाँले लू निभाले सरोकारवालाहरुको मन जित्न सफल भएको कुरा व्यक्त गर्नुभयो । छलफलमा आएका सबै सल्लाहसुझावहरु मननयोग्य भएको र कुनै कुरा स्थानीय सरकारको तर्फबाट सम्बोधन गर्नुपर्ने कुरा पनि भएको कुरा व्यक्त गर्दै त्यस कार्यमा लू निभा सधै सहकार्य गर्न तयार रहेको कुरा उहाँले व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा बोल्दै लू निभाः का अध्यक्ष रुपा मुनाकर्मी ज्यूले यस प्रकारको कार्यक्रमले संस्था र सरोकारवालाहरु वीचको दुरी घटाउन मद्दत गर्ने र यसले संस्थाको कार्यसम्पादमा थप हौसला प्रदान गर्ने कुरा बताउनु भएको थियो । सहभागि ज्यूहरुले खुल्ला छलफलमा दिनुभएका सल्लासुझावहरु लू निभाःका लागि अमुल्य सम्पत्तिका रुपमा रहने कुरा व्यक्त गर्दै आएका सल्लाहसुझावहरुलाई अगामी काम योजनाहरुमा समावेश गर्दै लैजाने कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आफ्नो अमुल्य समय दिइ सहभागि हुनुभएका सबै महानुभावहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरु, बाल क्लव सञ्जालका प्रतिनिधि, गैसस महासंग ललितपुरका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा लू निभाःका सबै कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा संस्थागत प्रतिवेदन संस्थाका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोल ज्यूले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा खुल्ला छलफललाई सहजीकरण बाहिरीय स्वतन्त्र श्रोत व्यक्ति तथा सामाजिक परीक्षण विशेषज्ञ किरण थापा ज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण लू निभाःका अनुगमन मुल्याङ्कन संयोजक ज्ञानभक्त महर्जनले गर्नुभएको थियो ।

 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।