२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डडेल्धुरा गौरा भलिबल तथा डेउडा २०८० सम्पन्न ः भलिबलको उपाधि सृजनसिल युवा क्लव लेकुडा लाई

डडेल्धुरा-  डडेल्धुरा गौरा भलिबल तथा डेउडा कार्यक्रम आज सम्पन्न भएकोछ । खबरदारी न्युजको आयोजनजा र डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनमा कार्यक्रम आयेजना गरिएको थियो । डडेल्धुरा चिनाऔ अभियानको मुल नाराका साथ कार्यक्रम गरिएको कार्यक्रम व्यवस्थापक सुर्दशन ओझाले बताए ।

No description available.

कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथी भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत, सभापतिमा खबरदारी न्युजका सम्पादक दिपकराज भट्ट,बिशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारि अन्जन न्यौपाने, नेपाल प्रहरि डडेल्धुरा प्रमुख दिपक कार्कि, शसस्त्र प्रहरि नेपाल नं ५२ गुल्म हे.क्वा डडेल्धुरा प्रमुख बिरेन्द्र पाल रहेका थिए ।
कार्यक्रम डडेल्धुरा जिल्ल सदरमुकाम बाट १३ किलोमिटर पश्चिममा रहेको भागेश्वर गाँउपालिकाको केन्द्र सरस्वती माविमा गरिएको थियो । कार्यक्रम ३ दिन सम्म चलेको ओझाले बताए ।

No description available.

कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता ,डेउडा र अग्नी नियन्त्रण सम्बन्धि सचेतनामुलक प्रर्दसन गरिएको थियो ।
भलिबल प्रतियोगितामा सुदरपश्चिमका १२ टिमको सहभागिता रहेको थियो । भलिबलमा प्रथम,द्धतीय र तृतीय हुने टिमले क्रमशः ३७ हजार ३७ , १७ हजार १७ र ८ हजार ८ सय ८८ नगद सहित ट्फि, मेडल र प्रमाण पत्र पाएको थियो । खुल्ला भलिवल तर्फ प्रथम स्थान सृजनसिल युवा क्लव भागेश्वर लेककुडा ,द्धतीयमा समाजसेवी सुरत तमोली टिम , तृतीयमा मुनवाक युवा क्लव डंगरि ले उपाधि हत पारेको थियो ।

No description available.

 

यस्तै कार्यक्ममा डेउडियाहरु लाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा शसस्त्र प्रहरि डडेल्धुराको सहकार्यमा अग्नी नियन्त्रण सम्बन्धि सचेतना प्रर्दशनी गरिएको थियो जसमा सिलिन्डरमा हुने आगलागि बाट कसरि बच्ने ,वनमा हुने आगलागि बाट कसरि बच्ने उपाहरुको बारेमा प्रर्दशनी गरेको थियो ।

समापन सत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथीमा भागेश्वर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती , सभापतिमा खबरदारी न्युजका सम्पादक दिपकराज भट्ट रहेका थिए । भलिबल तर्फ पहिलो सृजनसिल युवा क्लव भागेश्वर लेकुडा, द्धतीय समाजसेवी सुरत तमोली र तृतीयमा मुनवाक युवा क्लव डुंगरिले उपाधि हात पारेको थियो ।

No description available.

कार्यक्रम ३ दिनसम्म चलेको थियो । कार्यक्रममा बोल्दै सभापति भट्टले भने यो कार्यक्रम हाम्रो निरन्तर अभियान हो, हामी यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ । हामीले यस मैदानमा आएका खेलाडिहरुलाई राष््िटय स्तरसम्म पुगाउनु हाचे । हामीले बिभिन्न चुनौकि बाबजुत पनि यो कार्यक्रम गरेका छौ । यसमा सहकार्य गर्नुहुने सबैलाई हामी हाम्रो टिमको तर्फ बाट धन्यबाद दिन चाहान्छौ ।

समापनमा बोल्दै प्रमुख अतिथीले भारतीले भन्नुभयो यस्ता कार्यक्रम गर्नु भएकोमा खबरदारी न्युज परिवारलाई धन्यबाद दिन चाहान्छौ ,यो निकै सकारात्मक भएको यस्ता कार्यक्रमले स्थानीयहरुको मनोबल बढने, पर्यटन प्रचारमा सहयोग पुग्नेछ यसमा पालिकाको सहयोग सदैब रहने । यस्ता कार्यक्महरु आगामी दिनमा पनि गदै जाने शुभकामना दिन चाहान्छु ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।