२०८१ फाल्गुन ७ बुधबार
२०८१ फाल्गुन ७ बुधबार

रक्तदानमा जुटदै युवा , एक सातामै ५०००० सदस्य जाेडिए

धनगढी – सामाजिक संजालबाट रगत आवश्यक परेकालाई रगत जुठाई दिने युवा जमात बढ्दो छ । रगतको अभावले कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्दै देशका विभिन्न क्षेत्रमा कसैले अभियान चलाएका छ्न त कसैले ब्यतिगत रुप मै रगत दान गरिरहेका छन् । ती मध्येका एक युवक हुन बुटवलका देवराज पोखरेल ।

साउन अन्तिम शनिवार घरमै सोफामा बसेर दुर्गमबाट आएका बिरामीलाई बुटवल बजारमा रगत लिन सहज होला भनेर सामाजिक संजालबाट जानकारी गराउन दुई जनालाई जोडेर रक्तदान-जिवनदान, रगतको अभावमा कसैले ज्यान गुमान नदिने संकल्प गरौ’ भनेर ग्रुप बनाए । एक साता नपुग्दै ५० हजार भन्दाबढी सदस्य भैइसकेका छन् । ५० हजार भन्दा बढी सदस्य जोडिएसङ्गै ग्रुपबाट देशका विभिन्न ठाउँमा रगत अभाव भएका सयौं बिरामिलाई सहयोग गरि सकेको छ । देवराजलाई सुरुमा केहि बिरामीका आफन्तले रगत चाहिएको भन्दै लौन सहयोग गरि दिनु पर्यो भनेर फोन गर्थे । देवराजले पायक पर्ने ठाउँमा पुग्थे र साथीभाईलाई फोन गरेर पनि रगत आवश्यक परेका बिरामीको समस्या समाधान गरी दिन्थे । अहिले ग्रुपको समन्वयमा रगतको अभाव भएकाले समय मै रगत पाएको खवरले धेरै खुसी भएको उनले बताए ।

उनले भने अभियान कुनै संघ संगठन वा क्लव होईन, बिसुद्ध सामाजिक अभियान हो । रगतको अभावमा समस्या झेली रहेकाहरुलाई रगत उपलब्ध गराउन सामाजिक सन्जालबाट अभियान चलाएको हो । अहिले देश बिदेशबा
एकलाख सदस्य बनाउने लक्ष्य राखेको यो अभियान सन्चालनका लागि वेभ साईट बनाउन डोमिन खरिद गरि सकिएको छ भने छिट्टै नै मोवाईल एप्स बनाउने तयारी रहेको बताए ।

देवराजले भने, ‘हामी रगतमा बिचौलीयाको काम हुन दिन्नौ, सिधै अभियानबाट रगत खांचो भएकाहरुसंग पुर्याउछौ मैले गर्दा रगत पाए भन्ने होईन सामुहिक अभियानबाट रगत पाएका हुनेछन ।

देशभर सामाजिक संजालबाट रगतको अभाव भएको वा कसैलाई रगत चाहिएको खण्डमा सुचना दिने मात्र होईन रगत दिन समेत प्रेरीत गर्ने उनले बताए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।