सार्वभौमिकता भौगोलिक अखण्डता राष्टिय एकता होस या राष्ट्रको समृद्धिमा राजनितिको छायाँ परेकै हुनेगर्दछ। देशमा भइरहेको अराजकता पुजीबादीहरुको शोषण सामन्तबाद प्रकृयाबादि दलाल एवंम देशका शोषकहरुले राजनितिको अदम्य आडले लुकिछिपी देशलाई खोक्रोऊदै गरेको तपाईं हामीले देखेकै छौ।



तै पनि सबै मौन छन किनकि राजनिति शक्तिशाली एवंम राजनिति गर्न मान्छेहरु जे पनि जसरी पनि आफु सहि भएको दावा गरिदिने गर्दछन। नाताबाद,अबसरबाद ,कृपाबाद यिनिहरुको बिना त राजनिति जगतको
श्रीगणेश नै हुदैन! हाम्रो जस्तो बिकाशील राष्ट्रमा….
विश्वको राजनितिक धरातल लाइ हेर्न को भने स्थिर सरकार आजविन नेतृत्व र बहुमतिय पद्धतिबाट सरकार चलाइन्छ र राजनिति ले देशको मुहार फेर्ने एक सुनौलो अवसर थपि दिने गर्दछ! अस्थिरता,पार्टी भित्रको आन्तरिक किचलो ,भाग हिस्सा र विरासत नेपाली राजनितिका कारक तत्व बन्न पुग्छन! भ्रष्टाचार को जग बसायर राजनिति जगतमा उदयमान बन्न खोज्ने स्यालहरू र ब्वाँसाहरू ले राजनिति प्रति को लोकप्रियतालाइ खलबलाइ दिएको छ।
व्यतिगत स्वार्थ भन्दा माथी आऊन् सक्दैनन आदरणिय महामहिम नेतागणहरु समृद्धि त टाढाको कुरा छ। आद्त लागी सकेको हुनेरैछ राजनितिका आधारभुत कुरा जाने संगै पैसा हजम गर्ने झुटो बोलेर आम जनताहरु आखामा अविश्वासका काला पर्दा फाल्ने अनि भ्रष्टचार गर्ने माकुराका जालो बुनेर जनतालाई कटपुतिली जस्तै नाचाउने।
तिनै महामहिम त हुन भोलीको राज्यसत्ता र देशको करिडोर सम्हाल्ने। समग्रमा जबसम्म राजनिति मा युवापिडिले स्थान पाउदैनन तब सम्म राष्ट्र एक नाम मात्र को रहने छ।
-जय देश लेखक जनक जाेशि ( गन्यापधुरा)

























