डडेल्धुरा (डिआर भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नंम्बर ४ को आयोजना र लुनिभा बालसरोकार डडेल्धुराको सहकार्यमा ५९ औं अन्र्तराष्ट्यि बाल दिवस मनाईएको छ ।
बाल दिवसको अवसरमा प्रथमिक तह (१—५) हाजिरि जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । भागेश्वर गाँउपालिका ४ का ७ विद्यालय सहभागिता रहेको प्रतियोगितामा कालिका मा.वि. नौगाउ प्रथम, कैलपाल आवि. न्यालेक द्धतीय, नमुना मावि. बगरकोट र सान्तोनामा सरस्वती मावि. बगरकोटले हात पारेको थियो । विजेयता टिमहरुले शैक्षिक सामग्री सहित प्रमाण पत्र पाएको वाडा सचिव कल्पना कुमारि थापाले जानकारि दनिुभयो । सहभागि टिमहरुलाई वडाले खाजाखाना र यातायात खर्च सहित प्रमाण् पत्र दिईएको थियो ।




औपचारिक कार्यक्रममा पालिका अध्यक्ष हेमराज चटौत प्रमुख अधिती रहेका थिए भने कार्यक्रमको संञ्चालकमा वडा स्तरिय बाल क्लव अध्यक्ष चन्द्रा शार्कि रहेकि थिईन् । बालकनलिको बोल्ने क्षमता बिकासमा यस्ता कार्यक्रमले महत्वुर्ण भुमिका खेल्ने लुनिभा बालसरोकार डडेल्धुरा पालिका संयोजक पुस्पराज भट्टको भनाई रहेको छ ।

उनले थपे बालबालिका को हक अधिकार सुनिस्चित गर्न तथा बालबालिकाको संर्वागिण बिकासको लागि बालबालिकामा लगानी गर्न जरुरी रहेको र समग्र रास्ट्रको बिकास को लागि बालबालिका को क्षेत्रमा धेरै भन्दा धेरै कार्यक्रम आयोजना गर्न जरुरी छ ।
सुनौ भियो सहितः
https://www.facebook.com/khabardarinews/posts/pfbid0fKs7UeXKxzSg3u4geBFuGekDt4z7jC4xFRMgmCEM6r3zyF3G5QzQJb8kMHL3zh1pl

























