२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

गणेशपुर सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवन उद्घाटन

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरास्थित गणेशपुर सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बुधबार साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि पुर्व सामाजिक विकास मन्त्री गोबिन्दराज बोहराले भवन उद्घाटन गर्नुभएको हो । पुर्वमन्त्री बोहाराले साधारणसभा तथा उद्घाटन कार्यक्रममा बोल्दै अनौपचारिक शिक्षा र तालिमबाट स्थानीय मानिसको सशक्तीकरण गर्नमा सिकाइ केन्द्रले ठूलो भुमिका खेल्ने बताए ।

सीप नभएकाहरुलाई सिकाइका माध्यमबाट सीपमुलक ज्ञान प्रदान गरि उनीहरुको आयमा वृद्धि गरी जिविकोपार्जन गर्न सहज हुने बताए । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले सिकाइ केन्द्रमा सिकाइका माध्यमबाट व्यक्तिलाई सशक्तीकरण गर्ने, साक्षरता प्रवद्र्धन गर्ने, समुदायको विकास गर्ने र समुदायका सदस्यहरूको आयमा वृद्धिमा सुधार ल्याउने बताए । सिकाइ केन्द्रलाई पालिकाले निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

१७ लाख ६१ हजारको लागतमा गन्यापधुरा २ मैलोडामा गणेशपुर सामुदायिक सिकाइ केन्द्रको भवन निर्माण गरिएको गणेशपुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष बिरेन्द्रबहादुर मल्लले बताए । प्राबिधिक शिक्षालयको रुपमा सिकाइ केन्दलाई स्थापना गरिएको उनले बताए । सबैले हातेमालो गरेर यस सिकाइ केन्द्रलाई नमुना सिकाइ केन्द्र बनाउन एकताबद्व भएर अगाडि बढ्नु पर्ने उनले बताए ।

बि.स. २०६९ सालमा गठन भएको गणेशपुर सामुदायिक सिकाइ केन्द्रले हाउस वाइरिङ, सिलाई कटाई, बेतबास, लगायतका सिपमुलक तालिम दिदै आएको छ ।

जिल्ला शिक्षा कार्यालय, क्षेशिनी दिपायल, सुदूरपश्चिम प्रदेश सरकार र केन्द्रिय सरकारले उत्कृष्ट सिएलसीबाट पुरस्कृत भएको छ । सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विरेन्द्र बहादुर मल्लको अध्यक्षतामा प्रमुख अतिथि गोबिन्द्रराज बोहरा, बिशिष्ठ अथितीमा इन्द्र कार्की र ज्ञानु सेठी देउवा रहेका थिए ।

यस्तै नेपाली कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार तामाङ, गन्यापधुराका वडाध्यक्ष मनोज देउवा, चक्र बहादुर देउवा, नरेशकुमार भट्ट र सिपी रोस्यारा सहभागी रहेका थिए । कार्यक्रम गणेशपुर सामुदायिक सिकाइ केन्द्रका सदस्य लक्ष्मीराज भण्डारीले संचालन गरेका थिए ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।